प्रचण्डको चीन भ्रमणबारे बाबुरामको टिप्पणी
तीर्थ यात्रामा सीमित भयो, राष्ट्रिय हितमा केन्द्रित भएन

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण सतही अतिथिसत्कार र आफ्नै आसेपासेहरूको प्रशंसामा रमाएर बस्ने भन्दा फरक हुन नसकेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा बुधबार तिब्बतको ल्हासा पुगेर आफनो भ्रमण सोचेभन्दा राम्रो भएको बताएकै भोलिपल्ट पूर्व सहकर्मी समेत रहेका भट्टराईको त्यस्तो कडा टिप्पणी आएको हो ।
दूरदर्शी नेतृत्वले संकटलाई अवसरमा बदल्ने प्रयत्न गर्नुपर्नेमा तीर्थयात्रामा मात्र भ्रमणलाई सीमित गराएको बाबुरामको टिप्पणी छ ।
बिहीबार बिहान सामाजिक सन्जालमा ट्वीट गर्दै डा। भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमण नेपालको दीर्घकालीन राष्ट्रिय हितमा हुनुपर्नेमा त्यसो हुन नसकेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आफैँले अपेक्षा गरेभन्दा भ्रमण राम्रो भएको दाबी गरेपनि देशको आवश्यकता र सम्भावनाको कसीमा कति परिणाममुखी रह्यो भन्ने कुरा प्रमुख हुने भट्टराईको दाबी छ।
डा। भट्टराईले भने, ‘नेपाल यतिवेला आन्तरिक रूपमा तीब्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा छ। यस्तो बेला दूरदर्शी नेतृत्वले संकटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथि सत्कार र आफ्नै आसेपासेहरूको प्रशंसामा रमाएर बस्ने१’
उनले कमसेकम परम्परागत हिमाली पर्खाललाई छेडेर दुइ देशको अर्थतन्त्रलाई जोड्ने आधुनिक यातायातरपारबहन पूर्वाधार छिटो निर्माण गर्न प्रधानमन्त्रीले प्राथमिकता दिनुपर्ने बताएका थिए ।
अझ उनले अगाडी बढेर लेखेका छन्,– ‘सबैले लेखेर राखौं,सयौं बर्षदेखि अविकास/अल्पविकासको दुष्चक्रमा फस्दै आएको नेपालको तीब्र गतिको आर्थिक रूपान्तरण (दुइ अंकको आर्थिक वृद्धिदर,दुइ दशक निरन्तर”)को लक्ष्य दुइ ठूला छिमेकी अर्थतन्त्रको मूल्यशृंखलासंग तालमेल मिलाएर अघि नबढी सम्भवै छैन ! इतिहासले मलाई गलत साबित गरेमा खुशी हुनेछु !’


















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
‘करेन्ट’ लागेर मजदुरको निधन
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया