हावडामा भानुभक्त मार्ग नामकरण

काठमाडौँ । हावडा म्युनिसिपल कर्पाेरेसन, हावडा, कोलकाताले नेपालका आदिकवि भानुभक्त आचार्यका नामबाट स्थानीय सडकको नामकरण गरेको छ ।
पश्चिम बङ्गालका कृषिमन्त्री अरुप रायका पहलमा सेन्ट थोमस हाइस्कुल, चपलादेवी रोडदेखि मनसातला हुँदै नरसिंह दत्तो रोडसम्मको आधा किलोमिटर सडकलाई पहिलेको ‘डब्ल्यु रोड’ का स्थानमा ‘भानुभक्त सरिणी’ नाम राखिएको हो ।
नेपाली जनकल्याण समिति, दासनगर, हावडाले करिब २५ वर्षदेखि भानुभक्त जयन्ती मनाउँदै आएको र आठ वर्षदेखि सो नाम राख्न माग गर्दै आएको थियो । समितिका अध्यक्ष बद्रीविक्रम थापाले यसै वर्ष नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईका प्रमुख आतिथ्यमा २१० औँ भानुजयन्ती मनाएको जनाउँदै आफ्नो संस्थाको अनुरोध ढिलै भए पनि स्विकारेकामा पश्चिम बङ्गाल सरकार र नगरपालिकालाई धन्यवाद दिएका छन् । संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घका अध्यक्ष पनि रहनुभएका थापाका अनुसार उपयुक्त समयमा भानुभक्त मार्गको उद्घाटन गरिने छ ।
गङ्गासागर मेला, दुर्गापूजा, रक्तदान शिविर, बुद्धजयन्ती, मोतीराम जयन्तीलगायत विभिन्न स्वयंसेवी काम गर्दै आएको केन्द्रीय सेवा सङ्घअन्तर्गत पर्ने सात समितिमध्ये जनकल्याण समितिले भानुजयन्तीका अवसरमा हरेक वर्ष ‘बिहानी’ नामक साहित्यिक पत्रिका पनि प्रकाशन गर्दै आएको र सोका सम्पादकमा नरविक्रम थापा रहनुभएको समितिका सचिव रामबहादुर कार्कीले जानकारी दिए । भारत नेपाल जनमैत्री मञ्च कोलकातालगायत सङ्घसंस्था पनि साहित्यिक कार्यक्रम आदिमा संलग्न रहेको जनाइएको छ ।


















कोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
PM Shah to hold discussions with Chief Ministers of all provinces
अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता
इरानको विश्वकप यात्रा सुनिश्चित
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया