‘नेकोस खेलकुद महोत्सव’ शनिबारदेखि

गण्डकी । नेपाल खेलकुद महासङ्घ समाजवादी (नेकोस)द्वारा आयोजित ‘नेकोस खेलकुद महोत्सव’ शनिबारदेखि सुरु हुँदैछ ।
उक्त महोत्सवमा समावेश दस खेलमध्ये योग खेल र स्केटबोर्ड पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजकले जनाएको छ । शनिबार र आइतबार ती खेल सञ्चालन हुने महासङ्घका अध्यक्ष केशवकुमार विष्टले बताए । महोत्सवका अन्य खेल यही असोज २० गतेदेखि २३ गतेसम्म काठमाडौँ, ललितपुर र हेटौँडामा सञ्चालन हुने उनको भनाइ छ ।
महोत्सवमा राष्ट्रिय खेल भलिबल, एथ्लेटिक्स, तेक्वान्दो, कराँते, बि बोइङ, फुलकन्ट्याक्ट कराँते, सेपाकताक्रो, बुद्धिचाल, योग खेल र स्केटबार्ड सञ्चालन हुनेछ । “केही लोकप्रिय र केही आझेलमा परेका खेललाई महोत्सवमा समावेश गरिएको छ”, अध्यक्ष विष्टले भने, “खेलाडी र खेल क्षेत्रको विकासमा टेवा थप्न महोत्सव राखिएको हो ।”
शनिबारदेखि खेल प्रतियोगिता सुरु भए पनि महोत्सवको औपचारिक उद्घाटन भने यही असोज २० गते काठमाडौँमा गरिने भएको छ । पोखरामा सञ्चालन हुने योग खेल र स्केटबोर्डमा देशभरबाट करिब दुई सय जना खेलाडीले भाग लिने जनाइएको छ ।
ती खेलका विजेता खेलाडीलाई आइतबार पोखरा रङ्गशालामा हुने विशेष समारोहमा पुरस्कार वितरण गरिने भएको छ । महोत्सवमा हुने सबै प्रतियोगितमा सातै प्रदेशको सहभागिता रहने अध्यक्ष विष्टले बताए। “कपितय खेलमा खुला रुपमा पनि खेलाडी आउँछन्, सबै खेलमा गरी झण्डै दुई हजार खेलाडीले भाग लिँदैछन्”, उनले भने, “खेलाडीको यातायातदेखि खानेबस्ने व्यवस्था सबै आयोजकले मिलाउँछ ।”
पहिलोपटक आयोजना गर्न लागिएको ‘नेकोस खेलकुद महोत्सव’लाई बर्सेनि निरन्तरता दिइने आयोजकले जनाएको छ । महोत्सव सञ्चालनमा झण्डै दुई करोड खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा विजेता हुने खेलाडीलाई नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र गरिने जनाइएको छ ।
“खेल गतिविधि पनि कम हुने र राज्यको पनि खासै ध्यान पुग्न नसकेका योग खेल, बि बोइङ जस्ता खेललाई पनि प्रतियोगितामा समावेश गरिएको छ”, अध्यक्ष विष्टले भने, “फुटबल, क्रिकेटजस्ता लोकप्रिय खेलका नियमित प्रतियोगिता भइरहेका हुन्छन्, तिनमा राज्यको पनि लगानी छ, कतिपय खेल त नेपालबाट हराउने चिन्ता छ, तिनको जगेर्ना गर्नु पनि महोत्सवका उद्देश्य हो ।”
















थाइल्यान्डको एक विद्यालयमा गोली चल्दा प्रधानाध्यापकको मृत्यु
4 die, 5 injured in firing incidents in Karachi
यस्ता छन् कोशी सरकारको मन्त्रिपरिषद् बैठकका निर्णय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया