प्रभातफेरीमा मुख्यमन्त्री कार्की सहभागी

मोरङ । विश्व मुटु दिवसका उपलक्ष्यमा आज बिहान विराटनगरमा आयोजित सचेतनामुलक प्रभातफेरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सहभागीता रहेको थियो ।
नोवेल शिक्षण अस्पतालले महेन्द्रचोकबाट तीनपैनी चोकसम्म आयोजना गरेको प्रभातफेरीमा उनी पनि सहभागी भएका थिए ।
यसैगरी स्थानीय जेलनमार्क औषधि उद्योगले विराटनगरस्थित कोशी अस्पतालबाट निकालेको प्रभातफेरीले नगरको मुख्य–मुख्य भाग परिक्रमा गर्दै तीनपैनी चोकमा आयोजित कोणसभामा परिणत भयो ।
कोणसभामा कोशी अस्पतालका चिकित्सक डा दीपक सिग्देल, नोवेल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा राजेश नेपाल र औपाधि उद्योगका प्रतिनिधि निरज कर्णले धुम्रपान त्यागी दैनिक व्यायाम गर्दा र स्वच्छ खानपानले मुटूरोग लाग्नबाट बच्न सकिने बताए ।
उनीहरु विश्व मुट महासंघको प्रतिवेदनअनुसार सन् २०१९ मा मृत्यु हुनेमध्ये ८५ प्रतिशतको मृत्यु दृदयाघात र स्ट्रोकका कारण भएकाले समयमै आफ्नो मुटु जाँच गरी औषधि सेवन गरेमा अकाल मृत्युबाट जोगिन सकिने विचार व्यक्त गरे ।
प्रभातफेरीमा कोशी र नोवेल अस्पतालका चिकित्सक, चिकित्सा शास्त्रमा अध्ययनरत विद्यार्थी एवं सर्वसाधारणको सहभागिता थियो ।
















प्रतिनिधि सभा निर्वाचनकाे लागि हिमाली जिल्लाको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा
इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
प्रतिक्रिया