अहिलेको सरकारको काम छैन, मिसन २०८४ मा लागिसकेको छु : ओली

मोरङ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु मिसन २०८४ मा लागिसकेको बताएका छन् । अहिलेको सरकार कामै नभएको सरकार भएको भन्दै सरकारका बारेमा सोच्नुपर्ने राजनीतिक दलले नसोचेकोले आफु २०८४ लाई मिसन बनाएर लागिसकेको बताएका हुन् ।
एमाले कोशी प्रदेश अधिवेशन उद्घाटनका लागि विराटनगर पुगेका अध्यक्ष ओलीले सरकार अपराधी र तस्करलाई संरक्षण गर्ने काममा मात्र लागिरहेको र कांग्रेसले पनि सरकारका बारेमा जिम्मेवार भएर नसोचेकोले आफु मिसन ०८४ मा लागेको बताएका हुन् ।
२०८४ मा प्रतिनिधिसभा तथा प्रदेश सभा चुनाव हुने समय हो ।
ओलीले त्यही बेला एमालेलाई सरकारको नेतृत्वमा स्थापित गराउने र गठबन्धन काम छैन भन्ने प्रमाणित गरेर देखाउने समय भएकोले एमाले त्यसको तयारीमा जुटेको बताएका हुन् ।
‘गठबन्धन सरकार अपराधी, तस्करको संरक्षकको रुपमा देखिएको र यसले नेपाली जनता र राष्ट्रलाई केही पनि हुन सकेन । त्यसैले यो सरकार रहनु देशका लागि दुर्भाग्य हो ।’ अध्यक्ष ओलीले भने,– ‘देशका प्रमुख पार्टी जिम्मेवार हुँदा अहिलेको सरकारको विकल्प हुने थियो तर त्यो तहमा सोच्ने क्षमता कांग्रेसमा नदेखिएकोले मिसन २०८४ मा लागेको छु ।’
कांग्रेसमा देशप्रतिको चिन्ता नदेखिएको ओलीको भनाई थियो ।
‘कांग्रेससँग मिलेर सरकार बनाउने र नबनाउने कुरा नै हुँदैन किनकी कांग्रेस अहिले बेग्लै संसारमा छ ।’ ओलीले भने ।
कोशी प्रदेशमा स्थिरता आवश्यक रहेको पनि अध्यक्ष ओलीको भनाइ थियो । ‘परादेशिक हिसाबमा पनि अहिले मध्यावधिमा जानु हुँदैन, त्यो अवस्था छैन,’ उनले भने, ‘प्रदेशलाई मध्यावधितर्फ धकेल्ने कुरा बुद्धिमानीपूर्ण हुँदैन र धकेलियो भने पनि एमालेलाई बहुमत ल्याउने अवसर मिल्छ ।’
कोशी प्रदेशसभामा रहेको अंक गणितीय जटिलताले सर्वोच्चको परमादेशले संविधानको धारा १६८ को उपधारा ९३० अनुसार अल्पमतको एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार छ । कार्कीलाई संविधानको उक्त धाराको उपधारा ९४० अनुसार असोज २० गतेभित्र विश्वासको मत लिनैपर्ने बाध्यात्मक अवस्था छ । तर उनले विश्वासकोमत पाउने नपाउने अन्यौलता कायमै छ ।
















प्रतिनिधि सभा निर्वाचनकाे लागि हिमाली जिल्लाको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा
इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
प्रतिक्रिया