अर्थ समितिले दिएको ८० प्रतिशत निर्देशन कार्यान्वयन भएन : सभापति

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेले अर्थ समितिले सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन नभएको बताएका छन् । समिितको शुक्रबारको बैठकमा समिति सभापति चालिसेले त्यस्तो बताएका हुन् ।
समितिले दिएको निर्देशन नै सरकारले कार्यान्वयन नगर्ने हो भने समितिको बैठक बसेर निर्णय लिईरहनुको अर्थ नरहेको पनि सभापति चालिसेले बताए ।
चालिसेले भने, ‘८० प्रतिशत समितिका निर्देशन सरकारले पालना गर्दैन भने समितिको बैठक मात्रै बसेर नकारात्मक सन्देश गयो । सरकारले समितिको निर्देशन पालना नगरे समितिको बैठक बस्दैनौं ।’
समितिको निर्देशन सरकारले कार्यान्वयन नगर्दा भत्ता लिनकै लागि मात्र बैठक बसे जस्तो नकारात्मक सन्देश जाने उनको भनाइ छ ।
समितिले अहिलेसम्म दिएका निर्देशन पालना नभएको र सरकारले गरेका निर्णय कार्यान्वयनको विषयमा समितिले व्यापक छलफल गरी अनुगमनको आवश्यकता रहेको उनले बताए ।
समितिको शुक्रबारको बैठकले समितिको कार्यविधि, २०८० स्वीकृत गरेको छ।
समितिले समितिको कार्यविधि मस्यौदामाथि दफावार छलफलपछि कार्यविधि स्वीकृत गरेको हो। बैठकमा समिति सभापति सन्तोष चालिसेले अर्थसमिति सञ्चालन कार्यविधि,२०८० सर्वसहमतले पारित भएको छ ।
कार्यविधिअनुसार निर्धारित समयको ३० मिनेट बितिसक्दासम्म बैठक सुरु हुन नसकेमा सभापतिले स्थगित गर्नसक्ने व्यवस्था राखिएको छ ।
बैठकको कार्यसूचिबारे ४८ घण्टाअगावै समितिका सदस्यलाई जानकारी गाराइसक्नुपर्ने, बैठकको कार्यसूचीमा परेका विषयको गाम्भीर्य, प्रकृति र महत्व हेरी बैठक सञ्चालन गर्ने र समयावधि तोक्ने जिम्मेवारी सभापतिलाई तोक्ने अधिकार दिने जस्ता विषय पनि कार्यविधिमा समेटिएको छ ।
















प्रतिनिधि सभा निर्वाचनकाे लागि हिमाली जिल्लाको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा
इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
प्रतिक्रिया