नेपालमा पहिलो पटक देउडा आइडल हुँदै

काठमाडौं । देउडा सांस्कृतिक मञ्चको आयोजनामा देउडा आईडल २०८० हुने भएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजक कमिटीले आईडलबारे जानकारी दिएको हो ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा संस्कृतिसँगै भेषभुषाको जगेर्ना गर्ने उद्धेश्यले नेपालमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । देउडा आईडलको अडिसन कर्णाली र सुदूरपश्चिमका १९ जिल्लामा संचालन हुने भएको छ ।
प्रत्येक पालिकामा प्रतिभा छनोट गर्नका लागि अडिसन हुने आइडलका संयोजक महेश कुमार औजीले बताए ।
देउडा आईडलको प्रायोजनमा हिमाल डेन्टल हस्पिटल गरेको छ भने कार्यक्रमको प्रत्यक्ष प्रशारण टिभी टुडे टेलिभिनले गर्ने भएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनक राज पन्तले देउडा आईडल सुदूर र कर्णालीका प्रतिभाहरुका लागि उत्कृष्ट मञ्च भएको बताए । उनले ब्रोडकास्ट पार्टनरको हैसियतले कार्यक्रम सम्पन्न गर्नमा टिभी टुडेले पनि सक्दो सहयोग गर्ने बताएका छन् ।
यस्तै वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीले देउडा आईडललाई सफल पार्न सम्पूर्ण देउडा प्रेमी जनताले सहयोग गर्ने बताएका छन् । जोशीले अबको दश वर्षमा देउडा गीत सारा नेपालीले गाउने समेत बताएका हुन् ।
कार्यक्रमका संयोजक महेश कुमार औजीले देउडा संस्कृतिलाई जिवन्त बनाउनका लागि देउडा आईडल आयोजना गर्न लागिएको बताए । लामो समयको प्रयासपछि देउडा आईडल गर्ने अवस्थामा पुगेको उनको भनाइ थियो ।
यस्तै गायक तथा संगीत साधक तिलक सिंह पेलाले देउडा आईडल मानसखण्डको संस्कृतिलाई संरक्षण गर्नका लागि कोसेढुंगा सावित हुने बताए ।
देउडा आईडलको पुरस्कार राशी अर्काे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ । आईडलको निर्णायक मण्डलमा नन्दकृष्ण जोशी, तिलक सिंह पेला र टिका पुन रहने छन् भने कार्यक्रम उद्घोषकमा राकेश दयाल र अनिता चलाउने रहने छन् ।
दिनेश खड्काले निर्देशन गर्ने देउडा आइडल मंसिरदेखि टेलीभिजनमा प्रशारण गर्ने तयारी गरिएको छ । आइडल सम्बन्धि थप जानकारी अर्को पत्रकार सम्मेलनमार्फत गराइने आयोजकले जनाएको छ ।


















सरकारी छाप दुरुपयोग गरेको अभियोगमा ३ जना पक्राउ
३३ अंकले घट्यो सेयर बजार
कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य गर्ने बारे छलफल
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
प्रतिक्रिया