मिसेस नेपाल वर्ल्ड २०२३ मा २३ जना प्रतिस्पर्धा गर्दै

काठमाडौँ। ‘मिसेस नेपाल वर्ल्ड –२०२३’ को टप २३ प्रतिष्पर्धी सार्वजनिक गरिएको छ । आयोजक रिवन इन्टरटेनमेन्टले नया बानेश्वरको अर्याल इन्टरनेशनल होटलमा आयोजना गरेको समारोहमा प्रतियोगितामा भएका मध्येबाट अन्तिम २३ जना सहाभागीको नाम सार्वजनिक गरेको छ ।
समारोहमा उत्कृष्ट २३ लाई कन्टेस्टेन्ट ट्याग नम्बर समेत प्रदान गरिएको छ । जसमा क्रमश आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मिना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना के.सी., पविना श्रेष्ठ, सीता सुबेदी, सुस्मिता सिंह, निशा बिष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुक्ता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेक कुमारी घले, मंगली सिलवाल र सरु आर एल राणा रहेका छन् ।
प्रतिष्पर्धीहरुको आफ्नो परिचय र प्रतियोगितामा भाग लिनुको उद्देश्यबारे प्रष्ट पारेको कार्यक्रममा अन्नपुर्ण दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, अभिनेता आर्यन सिग्देल, चलचित्र निर्देशक दिनेश राउत, गायिका जुनु रिजाल, अभिनेता गजित बिष्ट, कोरियोग्राफर जयन सुब्बा मानन्धर, कलाकार सागर लम्साल, कार्यक्रम आयोजक अनुप सक्सेनालगायतको उपस्थिति थियो ।
प्रतिष्पर्धीहरुले बिभिन्न चरणहरु पार गर्दै कात्तिक २ गते राजधानीमा सम्पन्न हुने फिनालेमा ताजका लागि प्रतिष्पर्धा गर्नेछन् । उत्कृष्ट २३ प्रतिष्पर्धीहरु अब ब्यक्तित्व विकाससम्बन्धि प्रशिक्षणमा ब्यस्त रहने छन् । फिनालेमा कोरियोग्राफर अश्विनी कान्त झाले कोरियोग्राफी गर्नेछन् । ‘मिसेस नेपाल वल्र्ड–२०२३’का बिजेताले यही डिसेम्बरमा अमेरिकामा हुने ‘मिसेस वल्र्ड–२०२३’ मा नेपालको तर्फबाट सहभागिता जनाउने छिन ।
समारोहमा ‘मिसेस नेपाल वल्र्ड–२०२३’का अन्य सवटाइटल बिजेताहरुको पनि घोषणा गरिने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले बताए । फिनालेमा मिसेस वर्ल्ड –२०२२’ का बिजेता सरगम कैशलको पनि उपस्थिति रहने छ ।


















इरान–अमेरिका वार्ताको सम्झौताप्रति आशा
कोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
PM Shah to hold discussions with Chief Ministers of all provinces
अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया