भेपमा सुन तस्करी प्रकरण
पूर्वसभामुख महरासँग सीआईबीले कार्यालयमा बोलाएर लियो बयान
‘विधिवत आएको सामान रोकियो भनेपछि त्यसलाई छुटाउन मात्रै पहल गरेको हुँ’

काठमाडौँ । पूर्वसभामुख तथा सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरासँग इलेक्टोनिक्स सिगरेट (भेप)मा लुकाएर ल्याएको तस्करीको ९ केजी सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ ।
महाराजगञ्वस्थित कार्यालयमा बोलाएर सीआईबीले महरासँग भेप प्रकरणबारे बयान लिएको हो ।
२०७९ पुस १० मा दुबईबाट चिनियाँ गिरोहले भेपमा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्र्याएको ९ केजी सुन प्रकरणमा महरा र उनका छोरा जोडिएका छन् ।
राहुल ३५ दिनदेखि सिआईबीको हिरासतमा छन् ।
चिनियाँ तस्करीका नाइके दावाजिन वाङको योजनामा भित्र्याइएको सुन लुकाइएको भेप विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो । वाङ महरा परिवारसँग नजिक रहेको महरा स्वयंले नै स्वीकारी सकेका छन् । सामान छुटाउन महरा र उनका छोरा राहुलसहितको समूहले भन्सार प्रशासनलाई पटक–पटक दबाब दिएको प्रतिवेदन सिआईबीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाइसकेको छ ।
भेप भन्सारकै नियन्त्रणमा रहेका बेला कर्मचारी र भन्सार एजेन्टसहितको योजनामा गोदामबाटै चोरी भएपछि भन्सार कार्यालयले थप अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको थियो । पहिलो चरणमा सुन चोरीमा मात्रै मुद्दा जाँदा सिआईबीले महरा बाबुछोराको तस्करसँगको कल डिटेल प्रतिवेदनमा समेटेको थियो ।
चोरीको अनुसन्धानका क्रममा महरा र उनका छोरा राहुलसहितका व्यक्ति चोरी हुनुअगावै सुन छुटाउन भन्सारलाई दबाब दिनेदेखि सुन ल्याउने तस्करसँग पटक–पटक सम्पर्कमा रहेको देखिएपछि उनीहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दबाब दिँदै आएको छ । खुलेको थियो । त्यसको अहिले सीआईबीमा अनुसन्धान जारी छ ।
अनुसन्धानका क्रममा राहुल पक्राउ परिसकेका छन् भने चिनियाँ तस्करसँग निकट रहेको खुलेपछि महरा पनि अनुसन्धानमा तानिएका हुन् । तर, सीआईबीले महरालाई पक्राउ नगरी बयान लिएर कागज गराइ छोडेको छ ।
भेप प्रकरणको अनुसन्धान गरिरहेका सिआईबीका एक अधिकृतले चिनियाँ तस्करसँग फोन सम्पर्क गरेको देखिएपछि बयानका लागि महरालाई कार्यालयमा बोलाइएको पुष्टि गरे । ‘भेप प्रकरणको अनुसन्धानका क्रममा सोमबार महरासँग बयान कागज गराएको हो,’ ती अधिकृतले भने, ‘सुन ल्याउने चिनियाँ फरार छन्, राहुलसँगको अनुसन्धान जारी नै छ ।अनुसन्धानकै क्रममा महरासँग पनि सोधपुछ गरिएको हो ।’
भेप प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेका बेला पूर्वसभामुख महरालाई सीआईबीले कागज गराएको हो । महराले सीआईबीसमक्ष आफ्नो दावाजिनसँग चिनजान भएको र रोकिएका सामान मिलेसम्म छुटाउन अनुरोध गरेको स्वीकार पनि स्वीकारेको बयानमा सहभागी एक अधिकृतले बताए ।
भेपमा सुन ल्याएको विषय आफूलाई थाहा नभएको र विधिवत आएको सामान रोकियो भनेपछि त्यसलाई छुटाउन मात्रै पहल गरेको महराले अनुसन्धान अधिकृतहरूसँग बताएका थिए ।
भेपको सुन छुटाउने क्रममा महरा र उनका छोरा राहुलले चिनियाँ तस्करसँग मात्रै २ सय ५६ पटक टेलिफोन सम्पर्क गरेको सिआइबीले पहिलो मुद्दा फाइल गर्दा उल्लेख गरेको छ ।
















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराईमा कुहिरो,पहाडी भागमा आंशिक बादल
माघ २५ गते बुधबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
आइसीसी टि–२० विश्वकप : भारतको विजयी सुरुवात
टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया