एकसाता लगातार घटेको सुनको भाउ आज बढ्यो
मेरोन्यूज
२०८० असोज १७ गते १२:४४

काठमाडौं । गत साताको मंगलबारदेखि घट्न थालेको सुनको मुल्य यस साताको मंगलबारसम्म निरन्तर गिरावट आएको सुनको मुल्य आज बुधबार भने बढेको छ ।
मंगलबार प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो ।
यस्तै तेजावी सुन पनि प्रति तोला ३ सय रुपैयाँले बढेर १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
यता चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया