प्रहरीले दीपेन्द्रसिंह ऐरीलाई बढुवा गरेर बनायो सहायक हवल्दार

काठमाडौँ । नेपाल प्रहरीले नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई विशेष बढुवा गरेर सहायक हवल्दार बनाएको छ ।
१९औं एसियाली खेलकुद अन्तर्गत मंगोलियाविरुद्धको खेलमा विश्व कीर्तिमान कायम गरेका ऐरीलाई प्रहरीले बिहीबार एक तह बढुवा गरेको हो ।
नेपाल पुलिस क्लबका कप्तानसमेत रहेका ऐरीले चीनको हाङ्जाओमा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा ९ बलमै अर्धशतक पूरा गरी विश्व कीर्तिमान बनाएका थिए।
सुदूरपश्चिमबाट क्रिकेटमा उदाएका दीपेन्द्रले दुर्लभ किर्तिमान बनाएपछि चर्चामा छन्।
सन् २०१७ को मार्च ११ मा केन्याविरुद्धको खेलबाट नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएका २३ वर्षीय दायाँ हाते ब्याट्सम्यान दीपेन्द्रले सन् २०१८ मा नेदरल्याण्डस्विरुद्धको खेलबाट नेपाली टोलीबाट ओडीआईमा डेब्यू गरेका थिए ।
अहिलेसम्म नेपालका तर्फबाट ५२ ओडीआई म्याच खेलेका ऐरीले ८८९ रन बनाएका छन्। ४५ टी–२० प्रतियोगितामा नेपालका लागि एक हजार १५५ रन बनाएका छन् ।
उनले अहिलेसम्म खेलका अन्तर्राष्ट्रिय खेलमा ओडिआईमा ३६ र टी–२० मा २२ विकेट लिएका छन्।
















जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
नेप्सेमा दोहोरो अंकको सुधार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
प्रतिक्रिया