समुन्नत नेपाल र सुनिश्चित भविष्यका लागि समाजवादको विकल्प छैनः कावा अध्यक्ष श्रेष्ठ

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले समुन्नत नेपाल र सुनिश्चित भविष्यका लागि मजदूरहरूले समाजवादको बाटो लिनुपर्ने बताएका छन् ।
उनले उक्त कुरा पुस्पलालपथ ढल्कोमा भएको जसपा मजदूर विशेष जिल्ला समितिको पुनर्गठन कार्यक्रममा बताएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले नेपालको सन्दर्भमा ट्रेड युनियन अधिकार र मजदूहरूले आफ्नो पेसागत हक हित र अधिकारका लागि अप्नाउनुपर्ने बाटो र पार्टीभित्र मजदूरहरूको अधिकार र दायित्वको बारे धारणा राखेका थिए ।
उनले पहिचान र अधिकार प्राप्तिका लागि सङ्घीयता, गरिवी र विपन्नताबाट मुक्ति र समतामूलक समृद्धिका लागि समाजवाद आवश्यक भएकाले पार्टीले आफ्नो मार्गदर्शक सिद्धान्त सङ्घीय समाजवादको रूपमा अगाडी सारेको बताए ।
कावा अध्यक्ष श्रेष्ठले नेपालको राजनीतिमा राप्रपा जस्ता पुनर्उत्थानवादी र रास्वपा जस्ता नवसम्बद्र्धनवादीहरूको भ्रमबाट मुक्त हुनुपर्ने पनि बताए । श्रेष्ठले विगतमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि आन्दोलन भइरहँदा यिनीहरू या त दमनकारी या त रमिते भएको बताए ।
प्रसव वेदना बच्चा जन्माउने आमाहरूलाई नै थाहा हुने भन्दै उनले यो व्यवस्था ल्याउन आफूहरूले जेलनेल भोगेको र रास्वपा जस्ता पार्टीहरू लोकतन्त्रकै कारण अहिले मञ्चमा आएर डान्स गर्न पाएको पनि उनको भनाई थियो ।
नयाँका भ्रममा नपरी बैचारिक र राजनीतिक रूपमा प्रष्ट र जनताका लागि समाजवादको वकालत गने पार्टीको वरीपरी गोलबन्द हुन उनले मजदूरहरूलाई आह्वान गरे ।
कार्यक्रममा विशिष्ट अतिथि बौद्धिक पेसाकर्मी तथा ट्रेड यूनियन विभाग प्रमुख रणध्वज कन्डङ्वाले पार्टी विस्तार र सुदृढीकरण गनुपर्ने तथा मजदूर क्षेत्रमा पार्टीको सङ्गठित सदस्यता विस्तार गर्नुपर्ने बताए । कार्यक्रममा बागमती प्रदेश सहइन्चार्ज लालबहादुर तामाङ, समाजवादी ट्रेड युनियनका अध्यक्ष अर्जुन लम्साल, नेवाः राष्ट्रिय समितिको अध्यक्ष श्यामकृष्ण प्रजापति, काठमाडौँ जिल्ला अध्यक्ष अजित पुतवार लगाउतले पनि शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा पाार्टीको सङ्गठन विभाग प्रमुख समेत रहेका कार्यबाहक अध्यक्ष श्रेष्ठले गोविन्द तामाङको अध्यक्षतामा ११ सदस्यीय पुनर्गठित समिति घोषणा गरेका थिए । समितिको उपाध्यक्षमा तिलक थापा मगर, सचिवमा सुमिना गुरुङ र कोषाध्यक्ष माया मोक्तान चयन भएका छन् । विगतमा पार्टीको गैरभौगोलिक विशेष प्रदेशमातहत रहेको मजदुर विशेष जिल्ला समिति विधान अधिवेशनपछि पार्टीको नेवाः राष्ट्रिय समितिमातहत रहने गरी काठमाडौँ उपत्यकामा कार्यरत मजदुरहरूलाई सङ्गठित गर्ने व्यवस्था गरेको हो ।
















बागमती प्रदेश सभाबाट ९० विधेयक पारित
HoR elections: 13.79 million ballot papers printed so far
चुनावी सुरक्षाका लागि सतर्क रहन सुरक्षा फौजलाई प्रधानमन्त्रीको निर्देशन
पूर्वी – प्रशान्त महासागरमा भएको पछिल्लो अमेरिकी आक्रमणमा दुई जनाको मृत्यु
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया