शेयर धितो कर्जाको सीमा बढाए पनि नेप्सेमा पहिरो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाए पनि त्यसको सकारात्मक प्रभाव नेप्से परिसूचकमा देखिएन ।
केन्द्रिय बैंकले गत बिहीबार शेयर धितो कर्जाको सीमा बढाएको थियो। राष्ट्र बैंकले परिपत्र गर्दै व्यक्तिगत शेयर धितो कर्जाको सीमा १५ करोड र संस्थागत लगानीकर्ताले लिन शेयर धितो कर्जाको सीमा २० करोड पु¥याएको थियो ।
तर, त्यसको प्रभाव बजारमा देखिएन ।
आइतबार नेप्से परिसूचक ३५.६७ अंक घटेर १९२१.२४ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ५.७९, फ्लोट इण्डेक्स २.४९ र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०७ अंक घटेको छ।
आज २८९ स्टकको ५९ हजार १७१ पटकको कारोबारमा १ अर्ब ८० करोड १७ लाख रुपैयाँ बराबरको ५८ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्य आज सर्वाधिक ९.५९ प्रतिशत बढेको छ। त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई मूल्य ९.४० प्रतिशत बढेको छ।
आज हिमालयन लघुवित्त वित्तीय संस्था र गरिमा डिबेञ्चर २०८५ को मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन ६ करोड ७३ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साढे ५ करोडको शेयर कारोबार भएको छ भने नबिल बैंकको ५ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.७२ प्रतिशत घटेको छ।
















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया