बुधबार, चैत १८, २०८२

एसियाडको २०औं संस्करण जापानको आइची नागोयामा हुने

मेरोन्यूज २०८० असोज २१ गते २०:२१

हान्झाउ । एसियाडको २०औं संस्करण तीन वर्षपछि जापानको आइची नागोयामा हुने भएको छ । नागोयामा भेट्ने वाचासहित १९औं एसियाली खेलकुदको आइतबार भव्य समापन भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा भव्य समारोहकाबीच हान्झाउ एसियाडको समापन गरिएको हो । बिग लोटस स्टेडियममा करिब दुई घण्टा चलेको समारोहमा विभिन्न प्रस्तुति समेत भएको थियो ।

२०२६ मा हुने २०औं संस्करणको आयोजक जापानको आइची नागोयालाई झण्डा हस्तानतरण गर्दै १९औं एसियाड समापन भएको हो ।

ओलम्पिक काउन्सिल अफ एसिया (एसिया) का एक्टिङ प्रेसिडेन्ट राजा रणधिर सिंहले १९औं संस्करणको समापन भएको घोषणा गरे ।

उनले आइची प्रोफेक्चरका गभर्नर नागोयाका डेपुटी मेयरलाई ओसीएको झण्डा हस्तान्तरण गरे । समापन समारोहमा चीनका प्रधानमन्त्री लि छ्याङ उपस्थित थिए ।

एसियन गेम्सको सेलेब्रेसन सहित सहभागी देशका खेलाडीको मार्च पास गरिएको थियो । समापन समारोहका १९औं एसियाडको भिडियो हाईलाइट्ससहित विभिन्न उत्कृष्ट क्षणहरुको भिडियो देखाइएको थियो ।

यस्तै तीन वर्षपछि २०औं एसियाड आयोजना गर्ने आइची नागोया शरहको कलात्मक प्रस्तुति समेत देखाइएको थियो ।

प्रतिक्रिया