इजरायलको बंकरमा फसेका विद्यार्थीहरूको आजै उद्धार हुन्छ : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । इजरायलमा बंकरमा फसिरहेका नेपाली विद्यार्थीहरूको आजै उद्धार गर्ने सरकारले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बंकरमा फसिरहेका विद्यार्थीहरू र इजरायलका सरकारी अधिकारीहरूसँग आफूहरू नियमित सम्पर्कमा रहेको बताएका छन् ।
इजरायली पक्षले तीन घन्टाभित्रै बंकरमा रहेका नेपाली विद्यार्थीको उद्धार गर्ने जवाफ दिएको उनले बताए।
उनले आफूहरूले हिजैदेखि विद्यार्थीहरूको उद्धार गर्न आग्रह गरेको भए पनि इजरायल पक्षले बाटोमा अझै खतरा रहेको भन्दै बंकरबाट विद्यार्थी निकाल्न नमानेकाले उद्धारमा ढिलाइ भएको बताएका छन् ।
‘हमास समूह लुकिछिपी बसेको आशंका गरिएको क्षेत्रमा विद्यार्थी बाहिर निकाल्दा सुरक्षामा खतरा हुने भन्दै इजरायल पक्षले नमानेकोले बंकरको विद्यार्थीलाई निकाल्न केही ढिलाइ भएको छ,’ मल्लले भने, ‘आज उद्धार गर्छौं भनेका छन्। नेपाली दूतावासले समन्वय गरिरहेको छ। हामी पनि बंकरमा रहेका विद्यार्थीसँग नियमित सम्पर्कमा छौं।’
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा केयरगिभरमा चार हजार पाँच सय जना नेपाली छन्। उनीहरू सुरक्षित रहेको मन्त्रालयले जनाएको छ। साथै इजरायलमा विभिन्न विश्वविद्यालयबाट दुई सय ६५ जना विद्यार्थी अध्ययनका लागि पुगेका थिए।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया