इजरायलमा भएको घटनाप्रति राप्रपाद्वारा दुःख व्यक्त

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इजरायलमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । राप्रकाका पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आज एक विज्ञप्ति प्रकाशित गरी ‘कमाउँदै सिक्दै’कार्यक्रमअन्तर्गत इजरायलमा रहेका १० जना नेपाली विद्यार्थीको हमासको आक्रमणमा परेर निधन भएको घटनाले अत्यन्तै दुःखी र मर्माहत बनाएको बताए ।
“राष्ट्रिय प्रजातन्त्र पार्टी निहत्था र निर्दोषमाथिको हमलाको निन्दा गर्दछ । हमास आक्रमणका कारण निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । निधन भएकाको शव यथाशक्य चाडो नेपाल ल्याउन आवश्यक प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउँदछु”, विज्ञप्तीमा भनिएको छ ।
“इजरायलमा रहेका नेपालीहरुको विवरण सङ्कलन गर्न, उनीहरुको अवस्थाबारे सत्यतथ्य जानकारी दिन, घाइतेको उपचार गर्न, बेपत्ता रहेकाको अवस्था पत्ता लगाउन कूटनीतिक पहल गर्न, जोखिमपूर्ण क्षेत्रमा रहेका नेपालीको उद्धार गरी एवं स्वदेश फर्कन चाहनेहरुलाई आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकार र नेपाली राजदूतावास इजरायलको ध्यानाकर्षण गराउँदछु”, विज्ञप्तिमा भनिएको छ ।
















बागमती प्रदेश सभाबाट ९० विधेयक पारित
HoR elections: 13.79 million ballot papers printed so far
चुनावी सुरक्षाका लागि सतर्क रहन सुरक्षा फौजलाई प्रधानमन्त्रीको निर्देशन
पूर्वी – प्रशान्त महासागरमा भएको पछिल्लो अमेरिकी आक्रमणमा दुई जनाको मृत्यु
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया