बंकरबाट ११ नेपाली विद्यार्थीको इजरायली सेनाद्वारा उद्धार
मेरोन्यूज
२०८० असोज २२ गते १७:२८

काठमाडौं । बंकरभित्र रहेका ११ नेपाली विद्यार्थी रहेको ठाउँमा इजरायली सेना पुगेको छ। उनीहरूमध्ये ६/७ जनाको उद्धार भइसकेको र बाँकीको केहीबेरमा उद्धार हुने बंकरबाट उद्धार गरिएका नेपाली विद्यार्थी लुइस रिजालले जानकारी दिए।
नेपाली विद्यार्थीहरू शनिबार बिहान ७ बजेदेखि बंकरमा थिए। ११ जनामध्ये ३ जना छात्रा रहेको रिजालले जानकारी दिए।
‘हामीलाई स्कर्टिङ गरेर सबैलाई सुरक्षित लैजानका लागि सेनाको उद्धार टोली आइसकेको छ। अब हामीहरू सबैजना मुभ भइरहेका छौं । हामी तेल अभिभमा सुरक्षित सेल्टरमा जाँदै छौं। हाम्रो केही साथीहरू गइसक्नुभयो। हामी ४–५ त्यो गाडीमा अटेनौं,’ रिजालले भने, ‘अब केही आश पलाएको छ। नेपाल सरकारले एक/दुई दिनभित्र हामीलाई ‘रेस्क्यु’ गरे हुन्छ।’
सम्बन्धित

















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार
प्रतिक्रिया