बिहीबार, वैशाख १०, २०८३

भिसा पाएका कामदारलाई इजरायल नजान श्रम मन्त्रालयको आग्रह

मेरोन्यूज २०८० असोज २२ गते २०:१७

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायल नजान आग्रह गरेको छ ।

Advertisement
NiccNicc

सोमबार साँझ मन्त्रालयले सूचना जारी गर्दै श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारमा छनोट भएका २४ जनालाई नजान आग्रह गरेको हो।

भिसा प्राप्त गरिसकेका कामदारहरूको उडानको समय बुधबार बिहान १ बजे तय भएको थियो। इजरालमाथि प्यालेस्टाइनको इस्लामिक समूह हमासले गरेको आक्रमणका कारण तनाव सिर्जना भएको छ। जसकारण १० जना नेपाली विद्यार्थीहरूको ज्‍यान समेत भएको छ।

त्यसैलाई मध्यनजरमा राख्दै मन्त्रालयले २४ जना भिसा पाएका कामदारहरूको नामसहित सूचना प्रकाशन गरेको हो।

प्रतिक्रिया