भिसा पाएका कामदारलाई इजरायल नजान श्रम मन्त्रालयको आग्रह
मेरोन्यूज
२०८० असोज २२ गते २०:१७

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायल नजान आग्रह गरेको छ ।
सोमबार साँझ मन्त्रालयले सूचना जारी गर्दै श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारमा छनोट भएका २४ जनालाई नजान आग्रह गरेको हो।
भिसा प्राप्त गरिसकेका कामदारहरूको उडानको समय बुधबार बिहान १ बजे तय भएको थियो। इजरालमाथि प्यालेस्टाइनको इस्लामिक समूह हमासले गरेको आक्रमणका कारण तनाव सिर्जना भएको छ। जसकारण १० जना नेपाली विद्यार्थीहरूको ज्यान समेत भएको छ।
त्यसैलाई मध्यनजरमा राख्दै मन्त्रालयले २४ जना भिसा पाएका कामदारहरूको नामसहित सूचना प्रकाशन गरेको हो।

सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया