गुणस्तरीय मानसिक स्वास्थ्य सेवा आजको आवश्यकता : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक स्वास्थ्य समस्या भएकै कारण अब कुनै पनि व्यक्ति मानव अधिकारबाट वञ्चित नहुने बताए ।
आज विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा जारी सन्देशमा उनले मानसिक स्वास्थ्य समस्यालाई सामाजिक कलङ्कका रुपमा लिन र भेदभाव गर्न नहुने बताएका छन् ।
मन्त्री बस्नेतले मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउँदै यसको सेवालाई सर्वसुलभ बनाउन सरोकारवाला सबैलाई अपिलसमेत गरेका छन् । “मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउँदै मानसिक स्वास्थ्यसँग जोडिएका भेदभावपूर्ण व्यवहार र कुरीतिहरु सम्बोधन गर्न बहुक्षेत्रीय तथा बहुपक्षीय सरोकारवालाहरुबीच निरन्तर समन्वय र सहकार्य गर्दै मानसिक स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने कार्यमा हातेमालो गर्न अपिल गर्दछु”, उनले भने ।
मन्त्री बस्नेतले सबै व्यक्तिलाई मानसिक स्वास्थ्यको जोखिमबाट जोगाउँदै यसबाट सुरक्षित राख्न र सेवा सबै नागरिकको पहुँचमा पुर्याउनु आजको आवश्यकता भएको बताए । मानसिक स्वास्थ्यका कारण सामाजिक र आर्थिक क्षेत्रमा पनि ठूलो असर पुग्ने भएकाले यसमा थप लगानी तथा स्रोत जुटाउन सरकारले प्राथमिकता दिएको उनले जनाए । मन्त्री बस्नेतले नेपालीलाई लाग्ने रोगको भारमध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको उल्लेख गरेका छन् ।
पछिल्लो अध्ययनअनुसार नेपालमा १८ वर्षमाथिका व्यक्तिहरुमध्ये दस प्रतिशतलाई मानसिक स्वास्थ्य समस्या देखिएको छ । मानसिक स्वास्थ्य समस्याबाट सताइएका किशोरकिशोरी र युवाहरुको सङ्ख्या दिनप्रतिदिन बढेकामा चिन्ता प्रकट गर्दै मन्त्री बस्नेतले स्वस्थ्य रहन आहारविहार एवं नियमितरुपमा व्यायाम गर्न, द्युमपान, मद्यपान तथा लागुपदार्थ सेवन नगर्न र पर्याप्त निन्द्राजस्ता जीवनशैली अपनाउन आग्रह गरेका हुन् ।
“स्वस्थ्य व्यक्तिको तुलनामा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको दशदेखि २० वर्षअगावै मृत्यु हुने तथ्याङ्कले देखाएको छ”, उनले भने, “सहयोग लिन नहिच्किचाउनुस्, परामर्श लिउ र लिन सहयोग गरौँ । कतिपय अवस्थामा यसलाई सामाजिक कलङ्कका रुपमा लिने गरिन्छ । यदि आफूलाई तनाव छ वा मानसिक स्वास्थ्यमा समस्या देखिएमा सहयोग लिन नहिच्किचाउ, समयमै मनोचिकित्सक वा मनोविद्सँग परामर्श लिऔँ र अरूलाई पनि परामर्श लिनका लागि सहयोग गरौँ ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया