४ दिनपछि ५ अंक बढ्यो नेप्से

काठमाडौँ । पछिल्ला ४ कारोबार दिननिरन्तर ओरालो लागिरहेको नेप्से, बुधबार सामान्य बढेको छ । नेप्से परिसूचक बिहीबारदेखि निरन्तर ओरोलो लागिरहेको थियो।
७८.३५ अंक घटेको नेप्से, बुधबार ५.१६ अंक बढेर १८९४.७६ विन्दुमा उक्लिएको छ । सेन्सेटिभ इण्डेक्स ०.७७, फ्लोट इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक बढेको छ।
नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। मंगलबार १ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २८६ स्टकको ५५ हजार १९७ पटको कारोबारमा १ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको ३७ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज सिटि होटल, माण्डु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । माण्डु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट यसै दिनदेखि कारोबारमा आएको हो। त्यसैगरी, आज समता घरेलु लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। शेयरमूल्य घटेका स्टकहरुको मूल्य गिरावट दर भने ५ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा माण्डु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन ४ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, एनआईसी एशियाको साढे ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नबिल बैंक र हाथवे इन्भेष्टमेन्टको ३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।
















नवलपरासीमा आगलागी, १२ घर जले
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया