विश्वकप क्रिकेट : अफगानिस्तानले दियो भारतलाई २७३ रनको लक्ष्य
मेरोन्यूज
२०८० असोज २४ गते १८:२९

काठमाडौँ । एक दिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तानले भारतलाई २७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । विश्वकपको नवौँ खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो ।
दिल्लीमा भएको खेलमा अफगानिस्तानले पूरै ओभर खेल्दै ८ विकेट गुमाएर २७२ रन बनायो । अफगानिस्तानका लागि कप्तान हसमतुल्लाह साहिदी र अजमतुल्लाह ओमरजाईले अर्धशतकीय पारी खेले ।
साहिदीले ८८ बल खेलेर ८० रन बनाए भने ओमरजाईले ६९ बल खेलेर ६२ रन बनाए । बाँकी ब्याट्सम्यानले उल्लेख्य योगदान दिन नसक्दा टिमले प्रतिष्पर्धात्मक स्कोर बनाउन सकेन ।
भारतका लागि जशप्रित बुमराहले ४, हार्दिक पाण्डेले २ तथा शार्दुल ठाकुर र कुलदिप यादवले एक, एक विकेट लिए ।
सम्बन्धित
















अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
आज पनि बढ्यो सुनचाँदीको मूल्य
वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना
यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया