परराष्ट्रमन्त्री आफैं इजरायलमा
४ सय नेपालीले स्वदेश फर्कन दूतावासमा टिपाए नाम, २५३ जनालाई आजै साँझ नेपाल ल्याइने
नेपाली लिन बिहिबार बिहान २:३० मा उडेको बायु सेवा निगमको जाहाज आजै राती ८:२० मा नेपाल आईपुग्नेछ

काठमाडौं । इजरायलमा असुरक्षित रहेका नेपालीको उद्दारका लागि नेपाल बायु सेवा निगमको जाहाज त्यसतर्फ गएको छ । बिहिबार बिहान २ बजेर ३० मिनेटमा निगमको जाहाज त्यसतर्फ उडेको हो । परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउद आफैै नेपालीहरु लिन इजरायलतर्फ प्रस्थान गरेका छन् ।
यो जाहाज आजै राती ८ बजेर २० मिनेटमा नेपाल आईपुग्नेछ ।
यही असोज २० मा इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनी लडाकु समुह हमासको आक्रममणपछि झण्डै चार सय हाराहारीका नेपाली त्यहाँ अलपत्र परेका छन् । अलपत्र मध्ये २५३ जना नेपालीको पहिलो चरणमा उद्दार गर्न बिहिबार बिहान निगमको जाहाज दुबई ट्रान्जिट भएर त्यसतर्फ लागेको हो ।
निगमाका प्रवक्ता रमेश पौडेलका अनुसार, बिहिबार बिहान उडेको निगमको एयरबस ३३० जाहाज स्थानीय समय अनुसार बिहिबार बिहान ९ बजेर १० मिनेटमा इजरायलको तेल अभिवस्थित बेन गुरियन अन्तराष्ट्रिय मिानस्थलमा अवतरण गर्नेछ ।
निगमको उडान तालिका अनुसार अप्रेसन डाइरेक्टर सिनियर क्याप्टेन श्रवण रिजालको नेतृत्वको उक्त जाहाज त्यसतर्फ गएको हो ।
जाहाज तेल अभिवबाट स्थानीय समय अनुसार बिहान ११ बजेर १० मिनेटमा उडेर पुन दुबई हुँदै त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ ।
क्याप्टेन रिजाल र उनका सहोदर दाई सिनियर क्याप्टेन सुवास रिजालले यस अघि २०७३ असारमा काबुलमा मारिएका १२ नेपालीको शवसहित २४ जना नेपालीलाई उद्दार गरि काठमाडौं ल्याएका थिए ।
अहिले क्याप्टेन रिजालकै नेतृत्वको टोली इजरायलबाट नेपालीहरुको उद्दारका लागि त्यसतर्फ हिडेका छन् ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया