बिहीबार, चैत १९, २०८२

इजराइलबाट नेपाल आइपुगिन् फुटबलर सावित्रा

मेरोन्यूज २०८० असोज २५ गते ८:०९

काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बा स्वदेश फर्किएकी छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सावित्रा बुधबार राति इजरायलबाट नेपाल फर्किएकी हुन् । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेस शाहले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

सावित्रा यसै सिजन इजरायली क्लब हापोएल रानानामा अनुबन्ध भएकी हुन् ।

अहिले हमासको आक्रमणका कारण इजरायलमा घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको छ । त्यसैले सावित्रा घर फर्किएकी हुन् ।

हमासको आक्रामणमा १० नेपालीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया