मंगलबार, माघ २७, २०८२

मृतावस्थामा फेरि फेला पर्‍यो गैँडा, चालु आर्थिक वर्षमा मात्रै पाँच गैँडा मारिए

मेरोन्यूज २०८० असोज २५ गते ८:१७

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा फेरि एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको खोरीया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत अवस्थामा फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिए ।

उनले भने, ‘जुधेर गैँडा मरेको हो ।’ चालु आर्थिक वर्षमा मात्रै पाँच गैँडा मरेका छन् । तीमध्ये एउटा चोरी शिकारीले मरेको आशङ्का गरिएको छ ।

प्रतिक्रिया