एसीसी यू १९ प्रिमियर कप : इरानलाई नेपालले दियो ३५४ रनको लक्ष्य

काठमाडौं । एसीसी यू १९ प्रिमियर कप क्रिकेटमा नेपालले इरानलाई ३५४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभर १ बलमा सबै विकेट गुमाएर ३५३ रन बनाएको छ । नेपालका लागि कप्तान देव खनालले विस्फोटक ब्याटिङ गर्दै ६० बलमा १०० रन बनाए । उनले ४ छक्का र १४ चौका प्रहार गरे ।
यस्तै दिपक प्रसाद डुम्रेले ४४ बलमा ६९ रन बनाए । उनले २ छक्का र ८ चौका प्रहार गरे। त्यसैगरी दीपक बोहराले ५९ बलमा ६५ रन बनाए । उनले २ छक्का र ५ चौका हाने । हेमन्त धामीले १९ बलमा २३ रन बनाए । उनले १ छक्का र २ चौका प्रहार गरे । सुवास भण्डारीले नट आउट १८ रन बनाए । आकाश चन्दले १९ रनको योगदान दिए । अर्जुल कुमाल र मिलन बोहरा शून्य रनमा आउट हुँदा आकाश त्रिपाठीले ३, दिपक बोहराले १ रन बनाए ।
इरानका लागि सलमान निजमद र दद्रहमान रइसीले तीन-तीन विकेट लिए । समान शेख र जे रइसीले २-२ विकेट लिएका थिए ।















भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प
बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया