आगामी क्रिकेट प्रतियोगिता नखेल्ने सन्दीप लामिछानेको घाेषणा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने भएका छन् ।
आफू कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् ।
‘मैले भारी मनका साथ आगामी प्रतियोगिताहरूबाट नाम फिर्ता लिने निर्णय गरेको छु,’ लामिछानेले लेखेका छन्, ‘म यतिबेला मेरो जीवनकै कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिहरेको छु।’
यो बेला आफूले आफैंलाई नयाँ जीवन दिने र परिवारसँग समय बिताउन चाहेको सन्दीपले बताएका छन् ।
नेपालले कार्तिक १ गतेदेखि घरेलु मैदानमा युएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी २० सिरिज खेल्दैछ। यी सिजिलाईका लागि सन्दीपलाई समेट्दै अन्तिम टोलीको घोषणा भैसकेको छ। तर सन्दीपले भने प्रतियोगिता नखल्ने निर्णय लिएका छन् ।
‘मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। सबैलाई धन्यवाद। अर्को भेट नभए सम्म।’उनले लेखेका छन् ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया