काभा भलिबलमा नेपाल साउदी अरेबियासँग पराजित
मेरोन्यूज
२०८० असोज २६ गते १७:३५

काठमाडौँ । काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपाल साउदी अरेबियासँग पराजित भएको छ ।
शुक्रवार श्रीलङ्कामा भएको खेलमा साउदी अरेबियाले नेपाललाई ३–२ को सेटमा हरायो । साउदी अरेबियाले पहिलो सेट २५–२२, तेस्रो सेट २५–२३ र पाँचौँ सेट १६–१४ ले जित्यो । नेपालले दोस्रो सेट २५–२१ र चौथो सेट २७–२५ ले जित्यो ।
लिगको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानसँग शनिवबार खेल्नेछ । यसअघि भएका खेलमा नेपालले अफगानिस्तान र बङ्लादेशलाई हराएको थियो भने श्रीलंकासँग पराजित भएको थियो ।
छ वटा टोली सहभागी प्रतियोगितामा राउन्ड रोबिन लिगपछि अङ्क तालिकाका शीर्ष दुई टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल र तेस्रो स्थानको खेल पर्सि २८ गते हुनेछ ।
सम्बन्धित















भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प
बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया