कोशीको मुख्यमन्त्रीमा रस्साकस्सी
शेखरले स्वीकारेनन् कार्कीलाई गठबन्धनको उम्मेवार बनाउने देउवा र दाहालकाे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशीमा मुख्यमन्त्रीमा दाबी पेस गरेका केदार कार्कीलाई सत्ता गठबन्धनको उम्मेदवार बनाउने प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्ताव अस्वीकार गरेका छन् ।
शुक्रबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाले राखेका तीन प्रस्ताव डा.कोइरालाले अस्वीकार गरेका हुन् ।
कोशीमा डा. शेखरले नेकपा एमालेसँग मिलेर सत्ता गठबन्धन र पार्टीमा विद्रोह गरेका छन् । कोइराला निकट सांसद केदार कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा कोशीको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । विद्रोह गरेका डा. शेखरलाई फकाउन दुई नेताले तीन प्रस्ताव गरेका थिए ।
दाहाल र देउवाले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भिष्मराज आङदाम्बे, प्रमुख सचेतक रमेश लेखक र नेता कृष्णप्रसाद सिटौला सहभागी बैठकमा तीन प्रस्ताव राखेका थिए । तर कोइरालाले तीन वटै विकल्प अस्वीकार गरेपछि गठबन्धन संकटमा परेको छ ।
कोइरालासामु पहिलो प्रस्ताव कांग्रेस, माओवादीसहितको गठबन्धन जोगाएर जानुपर्ने भन्दै नेताहरुले मुख्यमन्त्रीमा कार्कीको दाबी फिर्ता गराउन र माओवादी संसदीय दलका नेता आङ्बोलाई समर्थन गर्न प्रस्ताव गरिएको थियो । त्यसलाई कोइरालाले तत्कालै अस्वीकार गरेपछि प्रधानमन्त्री दाहालले कांग्रेसले सर्वसम्मत नाम दिएमा कांग्रेसकै नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखे ।
सभापति देउवाले पार्टीमा छलफल गर्दा सर्वसम्मत नाम दिन नसक्ने भन्दै डा. शेखरलाई नै कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापा र एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्की बाहेकको नाम प्रस्ताव गर्न आग्रह गरे । कोइरालाले यो प्रस्ताव पनि तत्कालै अस्वीकार गरिदिए ।
अन्तिममा नेताहरुले कार्कीलाई नै गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनाउने प्रस्ताव राखे । एमालेको समर्थनमा हुन नहुने उनीहरूको शर्त थियो ।
त्यसमा शेखरको जवाफ थियो, ‘अब गाह्रो छ ।’
सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले पनि दाबी पेस गरेका छन् ।
डा. शेखरले अडान नछाड्ने हो भने भोलि सनाखतसँगै कार्की मुख्यमन्त्री हुने देखिन्छ ।
कोशीबाट सुरु भएको असन्तुष्टि अरु प्रदेशमा फैलिने र केन्द्रमा पनि अठ्यारो पर्नसक्ने भन्दै नेताहरूले शेखरलाई मनाउने प्रयास गरिरहेका छन् ।
कोइरालाले बालुवाटारमा कुरा नमिलेपछि सभापति देउवा निवास धुम्बाराहीमा बोलाइएको पार्टी कार्यसम्पादन समिति बैठक पनि अस्वीकार गरेका छन् । कोइरालाले अस्वीकार गरेपछि बैठक निष्कर्षवीहिन बन्दै भोलिसम्मका लागि स्थगित भएको छ ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया