सञ्चारमन्त्रीद्वारा पशु सेवा केन्द्रको भवन शिलान्यास

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङ देउखुरीस्थित राप्ती गाउँपालिकामा एकीकृत कृषि तथा पशु सेवा केन्द्रको भवन शिलान्यास गरेकी छन् ।
लुम्बिनी प्रदेश स्थायी राजधानी देउखुरीस्थित पालिकामा दुई करोड ५० लाख लागतमा निर्माण हुन लागेको भवनको आज उनले शिलान्यास गरेकी हुन् ।
रिड परियोजनाअन्तर्गत निर्माण हुन लागेको भवनको शिलान्यास गर्दै मन्त्री शर्माले देउखुरी क्षेत्रलाई कृषि उत्पादनको केन्द्रबिन्दु बनाउने गरी तयारी भइरहेको बताइन् ।
उनले संघको कृषि र सिँचाइ मन्त्रालयको समन्वयमा धान उत्पादनका लागि विशेष कार्यक्रम आउन लागेकोसमेत जानकारी दिइन् । ‘देउखुरी क्षेत्रमा दुई बाली धानखेती हुन्छ,’ उनले भनिन्, ‘त्यसैले पनि यहाँ कृषि उत्पादनको केन्द्रबिन्दु बनाउने गरी तयारी थालिएको छ ।’
राप्ती गाउँपालिकाको प्राङ्गणमा उक्त भवन निर्माण हुन लागेको हो । मन्त्री शर्माले सोही भवनलाई समयमै पूरा गर्नसमेत निर्माण व्यवसायीलाई निर्देशन दिइन् ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया