आइतबार, पुष ६, २०८२

सञ्चारमन्त्रीद्वारा पशु सेवा केन्द्रको भवन शिलान्यास

मेरोन्यूज २०८० असोज २६ गते २०:५८

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङ देउखुरीस्थित राप्ती गाउँपालिकामा एकीकृत कृषि तथा पशु सेवा केन्द्रको भवन शिलान्यास गरेकी छन् ।

लुम्बिनी प्रदेश स्थायी राजधानी देउखुरीस्थित पालिकामा दुई करोड ५० लाख लागतमा निर्माण हुन लागेको भवनको आज उनले शिलान्यास गरेकी हुन् ।

रिड परियोजनाअन्तर्गत निर्माण हुन लागेको भवनको शिलान्यास गर्दै मन्त्री शर्माले देउखुरी क्षेत्रलाई कृषि उत्पादनको केन्द्रबिन्दु बनाउने गरी तयारी भइरहेको बताइन् ।

उनले संघको कृषि र सिँचाइ मन्त्रालयको समन्वयमा धान उत्पादनका लागि विशेष कार्यक्रम आउन लागेकोसमेत जानकारी दिइन् । ‘देउखुरी क्षेत्रमा दुई बाली धानखेती हुन्छ,’ उनले भनिन्, ‘त्यसैले पनि यहाँ कृषि उत्पादनको केन्द्रबिन्दु बनाउने गरी तयारी थालिएको छ ।’

राप्ती गाउँपालिकाको प्राङ्गणमा उक्त भवन निर्माण हुन लागेको हो । मन्त्री शर्माले सोही भवनलाई समयमै पूरा गर्नसमेत निर्माण व्यवसायीलाई निर्देशन दिइन् ।

प्रतिक्रिया