मंगलबार, माघ २७, २०८२

प्रचण्ड, देउवा र कोइरालाबिच गठबन्धन कायम राख्ने लिखित प्रतिबद्धता

मेरोन्यूज २०८० असोज २७ गते ११:०५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच हालको गठबन्धन कायम राख्ने लिखित सहमति भएको छ ।

शनिबार बिहान बसेको ३ नेताको बैठकले गठबन्धनमा रहने प्रतिबद्धतासहित लिखित सहमति गरेका हुन् ।

‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिनेछैनौं’, उक्त सहमतिमा लेखिएकाे छ । साेहि सहमतिमा प्रचण्ड, देउवा र कोइरालाले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया