मंगलबार, माघ २७, २०८२

कार्कीजी गठबन्धनकै मुख्यमन्त्री हो, सर्वदलीय सरकार तत्काल सम्भव छैन : प्रचण्ड

मेरोन्यूज २०८० असोज २७ गते १२:५९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका केदार कार्की गठबन्धनकै मुख्यमन्त्री भएको बताएका छन् ।

शनिबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले कोशीमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने र केदार कार्की गठबन्धनकै उम्मेदवारका रुपमा मुख्यमन्त्री बनेको बताएका हुन् ।

‘कार्कीजी मुख्यमन्त्री हुनुभएको छ । उहाँ हामी सबैको मुख्यमन्त्री हो, त्यसैले यो समस्या जसरी सोचिएको थियो, ल्याण्डिङ हुँदाखेरि सेफल्याण्डिङ गरेका छौं ।’उनले भने ।

प्रधानमन्त्री प्रचण्डले आज भएको सहमतिले गठबन्धन अझै बलियो भएको दाबी गरे । ‘आज विहान मात्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी, म र शेखर कोइरालाको बीचमा समझदारी बनाएका छौं । हामी गठबन्धन बलियो बनाउने कुरामा अझ दृढ र स्पष्ट छौं, कुनै पनि हालतमा गठबन्धनलाई कमजोर हुन दिइने छैन भन्ने सहमति भएको छ’ उनले भने ।

प्रचण्डले सर्वपक्षीय सरकार बनाउने असम्भव नभएपनि तत्काल सम्भावना नभएको दाबी गरे ।

प्रतिक्रिया