देउवा र कोशीका मुख्यमन्त्री भेटवार्ता
मन्त्रिपरिषद् विस्तारमा हतार नगर्नुस्, शपथ लिएर छलफल गर्न फेरि काठमाडौं आउनुस् : देउवा

काठमाडौं । कोशीका मुख्यमन्त्री केदार कार्कीले पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । एमालेको सहयोगमा पार्टी नीति विपरित मुख्यमन्त्री दावी गर्न पुगेका र मुख्यमन्त्री बनेका केदार कार्कीसँग आफ्नै निवास धुम्वराहीमा भेट गदै देउवाले पार्टीभित्र अलिक सल्लाह गरेर गएको भए राम्रो हुने बताएका थिए । यधपी देउवाले संविधान अनुसार नै मुख्यमन्त्री नियुक्त भएकोमा खुसी ब्यक्त गदै उनलाई कार्यकाल सफलताको सुभकामना दिएका थिए ।
कार्की आजै मुख्यमन्त्री नियुक्त भएपछि विराटनगरबाट काठमाडौं आएका थिए । उनको शपथ भोलि बिहान हुनेछ । बिहानै उनी ८ बजे विराटनगर जानेछन् ।
मुख्यमन्त्री नियुक्त भएपछि उनले काठमाडौं आएर एयरपोर्टबाट सिधै कांग्रेस नेता डा शेखर कोइरालासँग टोखास्थित उनको निवासमै पुगेर भेट गरेका छन् । त्यहाँ उनले शेखरसँगै डा मिनेन्द्र रिजालसँग पनि सम्वाद गरेका थिए ।
रिजालले कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेको साथ र सहयोगका लागि गत बिहीबार एमाले अध्यक्ष केपी ओलीसँग बालकोटमा छलफल गरेर समझदारी जुटाएका थिए ।
शेखर निवासमा शेखर र मिनेन्द्रसँग भेट गरेपछि कार्की सभापति देउवालाई भेटन धुम्वराही पुगेका थिए । धुम्बराहीमा देउवाले कार्कीलाई पार्टीमा सल्लाह गरेर गएको भए राम्रो हुने बताएका थिए ।
देउवाले कार्कीलाई मन्त्रिपरिषद् विस्तारमा भने हतारमा नगरी पार्टीभित्र सल्लाह गरेर गर्न आग्रह गरेका थिए । देउवा निकट सूत्रका अनुसार, उनले कार्कीलाई जे हुनु भईसक्यो, पार्टीले र गठबन्धनले पनि सहयोग गर्ने नीति बनाईसकेको भन्दै मन्त्रीपरिषद् विस्तारमा पार्टीसाग सल्लाह गरेर मात्र गर्न आग्रह गरेका हुन् ।
कार्कीले पनि यसमा भने सकारात्मक जवाफ दिएका थिए । देउवाले शपथ ग्रहण गरेलगत्तै पार्टीसँग सल्लाहका लागि फेरि काठमाडौं आउन कार्कीलाई आग्रह गरेको देउवा निकट नेताले बताए ।
ती नेताका अनुसार देउवाले आफूले पहिले नै मुख्यमन्त्री बनाउन खोजेको, तर पार्टीभित्र सहमति हुन नसकेको बताएका थिए । ‘पार्टीलाई म्यानेज गरेर गएको भए हुन्थ्यो, तर संविधान अनुसार नै मुख्यमन्त्री बन्नुभयो, तपाईलाई बधाई छ भन्नुभयो’ भेटमा सहभागी ती नेताले भने, ‘सभापतिको कुरा सुन्दा उहाँ खुशी नै भएको बुझिन्थ्यो ।’
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया