यो वर्ष १० वटा जहाज थप्छौँ : मन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन् ।
आइतबार मन्त्रीनिवास पुलचोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।
‘उड्नुपर्ने २२ वटा छ, स्टल रुटमा उड्ने दुई वटा छ । हामी सम्पूर्ण शक्ति लगाएर हामी जहाज खरिद गर्ने प्रक्रियामा छौँ, यो वर्षमा हामी नौ, दश वटा जहाज थप्ने थप्ने । यो नथपी न पर्यटक आउँछन्, न भाडामा देखिएको विसंगतिमाथि हस्तक्षेप हुनसक्छ । न सहज ढंगले आवागमन हुनसक्छु’ मन्त्री किरातीले भने,’संस्कृति काम गर्ने छैन, सिक्नेचर गरेपछि जेल परिन्छ भन्ने मान्यता छ । कडाइका साथ कानून भन्दा बाहिर नगइ काम गराउँछु । दसैंअघि नै केही संकेत आउला । औपचारिक रुपले सुरु हुनेछ । निगममा जहाज थप्नुको विकल्प नै छैन ।’
मन्त्री किरातीले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए । उनले १० वटासम्म जहाज नथपी पर्यटकहरु नेपाल नआउने दाबी गरे । उनले दसैँअघि नै औपचारिक रुपमा विमान खरिद प्रक्रिया अघि बढ्ने बताए ।
मन्त्री किरातीले आजबाट नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दसैँभर सञ्चालन गर्ने बताए ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया