कोशीका मुख्यमन्त्रीलाई माओवादीले विश्वासको मत दिने

विराटनगर । नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । कांग्रेसका ८ विद्रोही सांसद र एमालेको साथ र सहयोगमा कार्की प्रदेश मुख्यमन्त्री नियुक्त भएका थिए ।
प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा (५) अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भइ आइतबार सपथ लिएका कार्कीले एमाले र आफ्नो पार्टीका विद्रोहीलाई समेटेर तत्काललाई तीन सदस्यीय मन्त्रिमण्डल पनि बनाएका छन् । उनलाई अिन्तम समयमा गठबन्धन दलले गठबन्धनकै मुख्यमन्त्री बनाउन आग्रह गरेपनि उनले एमालेका नेतालाई मन्त्री बनाएर अगाडी बढेपछि संसय छ ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्की गठबन्धनकै मुख्यमन्त्री हुने र तत्काल
कोशीमा कुनै सर्वदलीय सरकार नबन्ने बताईरहेका बेला कार्कीले भने आफुले सक्दो सहमतिको सरकार बनाउन पहल गर्ने भन्दै आफुलाई सहयोग गरेकालाई लिएर पहिलो चरणमा सरकार विस्तार र प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।
त्यसपछि गठबन्धन दल त्यसमा पनि मुख्यमत माओवादीले के गर्ला भन्ने अहिले चासो बढिरहेका बेला कोशी माओवादीका पदाधिकारी बैठकले विश्वासको मत दिएर जाने निश्कर्ष निकालेको हो । सामेबार बिहान माओवादीको कोशी प्रदेश पदाधिकारीको बैठक बसेको थियो ।
‘हामी अहिले कार्कीलाई विश्वासको मत दिएर जानुपर्छ भन्नेमा पुगेका छौं, यधपी यसको औपचारिकता भोलि मंगलबार मात्रै दिन सकिन्छ,’ माओवादी प्रदेश १ का इन्चार्ज चक्रपाणि खनाल बलदेवले मेरोन्यूजसँग भने,–‘केन्द्रले पनि भोलि मंगलबार नै यसबारेमा प्रदेशलाई निर्देश गर्छ ।’
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया