‘इजरायलमा बेपत्ता विद्यार्थी जोशीको खोजी गर्न हमाससँग सम्बन्ध भएका मुलुकसँग समन्वय भइरहेको छ’

काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा बेपत्ता विद्यार्थी विपिन जोशीको खोजीका लागि हमाससँग सम्बन्ध भएका मुलुकका सरकारसँग समन्वय भइरहेको बताएका छन् ।
सुदूरपश्चिम पत्रकार समाज, काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको दशैं, तिहार, छठ तथा नेपाल संवत् विशेष शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रममा इजरायलमा रहेका नेपालीहरुको उद्धारका लागि सरकार लागि परेको बताए। ‘इजरायल युद्धमा बेपत्ता भएका नेपालीको खोजीका लागि हमाससँग सम्बन्ध रहेको भनिएका देशसँग पनि कुरा भइरहेको छ,’ मन्त्री साउदले बताए ।
सुदूरपश्चिम प्रदेश सम्भावनाको दृष्टिकोणले भरिपूर्ण भए पनि बजेटको अभाव भएको बताएका छन्। बोल्दै मन्त्री साउदले सुदूरपश्चिममा भएका विविध सम्भावनाहरुको प्रचार–प्रसार तथा विकासका लागि बजेटको अभाव भएको मन्त्री साउदको भनाइ थियो ।
अब तीनै तहका सरकारले पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताउँदै मन्त्री साउदले पहिले सुदूरपश्चिमबाट काठमाडौं आउन धेरै सकस बेहोर्नुपर्ने भए पनि अहिले विभिन्न नदीमा पुल निर्माण हुँदा धेरै सहज भएको बताए। उनले राज्यले सुदूरपश्चिमलाई हेर्न दृष्टिकोण पनि बदल्न आवश्यक रहेको धारणा राखे।
‘देशको कुनै पनि ठाउँ सुदूर हुनु हुँदैन, देशको कुनै पनि ठाउँ भुगोलका आधारमा सुदूर हुँदैन, अब यो दृष्टिकोण बदल्न आवश्यक छ,’ उनले भने।
उनले सुदूरपश्चिमको प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएर त्यहाँको विकासको विषयमा योजना बनाए पनि बजेटको कारणले योजना पुरा नहुने धारणा राखे। उनले बजेट जनसंख्याको अुनपातमा विनियोजन हुने भएको बताउँदै सुदूरपश्चिममा सोचेअनुरुपको बजेट विनियोजन नहुने धारणा राखे।
















29 dead, 190 injured in six months in Sarlahi
HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
प्रतिक्रिया