ग्यास विक्रेता संघ काठमाडौंले गर्यो क्षेत्रीय भेला
दसैं शुभकामना आदानप्रदान कार्यक्रम पनि मनाइयो

काठमाडौं । ग्यास विक्रेता संघ काठमाडौंले क्षेत्रीय भेला तथा दसैं शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । संघका काठमाडौं अध्यक्ष शेषकान्त भण्डारीको सभापतित्वमा क्षेत्रिय भेला कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा ग्यास बिक्रेता महासंघ नेपालका केन्द्रीय अध्यक्ष, निवर्तमान अध्यक्ष, बरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद दुलाल, सल्लाहकार सदस्य लगायत ग्यास विक्रेताहरुको सहभागिता रहेको थियो । विशेषगरी जनचेतनामुलक कार्यक्रम, संगठन बिस्तार लगायत ग्यास विक्रेताका हक हितका विषयमा उक्त भेलामा छलफल गरिएको थियो ।
आगामि दिनमा संगठनका कामहरुलाई अझ प्रभावकारी बनाउँदै लैजाने कुरामा ग्यास विक्रेता संघ काठमाडौंका अध्यक्ष शेषकान्त भण्डारीले बताए । ‘यदाकदा ग्यास सिलिन्डरको सही प्रयोग गर्न नजानेर दुर्घटनाहरु हुने गरेका छन् । सर्वसाधारणहरुमाझ यसबारे जनचेतना जगाउनु एकदमै आवश्यक छ ।’ अध्यक्ष भण्डारीले भने ‘आगामि दिनमा हामीले यस्ता कार्यक्रमलाई बृहत रुपमा आयोजना गर्नुपर्छ ।’
क्षेत्रीय भेला तथा दसैं शुभकामना आदानप्रदान कार्यक्रममा संघ तथा महासंघका बिभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया