युएईले नेपाललाई दियो १४१ रनको लक्ष्य

काठमाडौँ । नेपाल, हङकङ र यूएईबिचको त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको यूएईले पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४० रन बनायो ।
नेपालको मुलपानी स्टेडियममा भएको खेलमा युएईका लागि बसिल हामेदले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा ५१ रन बनाए । युएईका लागि अन्य ब्याट्सम्यानहरू अलि नासिरले ३२, मोहम्मद वासिमले १७ तथा आसिफ खानले १५ रन बनाए ।
नेपालका लागि करण केसीले ३ सोमपाल कामी १ गुल्सन झाले २ र अविनाश बोहोराले १ विकेट लिए ।
नेपाली समर्थकहरु राष्ट्रिय झण्डा लिएर खेल हेर्न भेला भएका छन् ।
आज नेपालको टिमबाट सन्दीप लामिछानेको स्थानमा श्याम (मौसम) ढकालले राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् । उनले विगत ८ महिनायता नेपालको राष्ट्रिय टिमसँग प्रशिक्षण गरिरहे पनि डेब्युको मौका पाएका थिएनन् ।
पछिल्लो संस्करणको प्रधानमन्त्री कप क्रिकेटमा इमर्जिङ प्लेअर भएका मौसम त्यसपछि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा मौका बनाएका थिए ।
















बाँकेमा एचपिभी खोप लगाउन सुरु
24 days left to go for HoR Polls: EC focuses on voter’s education programme
One killed, two injured as three motorcycles collide
दाङकाे सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु
काभ्रेमा दलित उम्मेदवार छैनन्
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
प्रतिक्रिया