सोमबार, वैशाख १४, २०८३

सुनको मूल्यमा अहिले सम्मकै नयाँ रेकर्ड

मेरोन्यूज २०८० कार्तिक २ गते १२:२०

काठमाडौँ । नेपालमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

Advertisement
NiccNicc

बिहीबार सुनको मूल्य अहिलेसम्मकै महँगो कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख १३ हजार सात सय रुपैयाँ पुगेको छ। जुन नेपालमा अहिलेसम्मकै सबैभन्दा उच्च दर हो। गएको साउन ४ गते सुनको भाउ एक लाख १३ हजार ६ सय रुपैयाँमा पुगेको थियो। त्यसयता घटेको सुनको मूल्य फेरि बढ्न थालेको हो।

बुधबार सुनको भाउ तोलाको एक लाख १३ हजार दुई सय रुपैयाँ थियो। बिहीबार तोलामा ५ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ भने, आज चाँदीको भाउ एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया