गृहमन्त्री श्रेष्ठलाई जेनरल वार्डमा सारियो

काठमाडौँ । चीनमा उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएपछि जनरल बेडमा सारिएको छ ।
चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि श्रेष्ठलाई आईसीयूबाट जेनरल वार्डमा सारिएको जानकारी दिए ।
बुधबार राति हृदयाघात (हर्टअट्याक) भएपछि गृहमन्त्री श्रेष्ठलाई बेइजिङस्थित इन्टरनेसनल मेडिकल साइन्सेज हस्पिटलमा भर्ना गरिएको थियो । उनको मुटुको शल्यक्रिया सफल भएको चिकित्सकले बताएका छन्।
‘अवस्था सामान्य बन्दै गएपछि उहाँलाई जनरल वार्डमा सारिएको छ,’ राजदूत श्रेष्ठले भने, ‘वार्डमा कतिदिन बस्नुपर्ने हो, चिकित्सकले भनेका छैनन्।’
बिहीबार गृहमन्त्री श्रेष्ठले चीनका सामाजिक सुरक्षामन्त्रीलाई भेट्ने कार्यक्रम तय भए पनि राति नै हृदयाघात भएपछि उनीहरुबीचको भेटघाट स्थगित भएको छ।
हृदयाघात भएपछि श्रेष्ठको मुटुको एन्जीओप्लास्टी गरिएको थियो । गृहमन्त्री श्रेष्ठ बीआरआई सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएका हुन्।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया