ललितपुरको सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा ट्रेडर्स पेट्रोल पम्प सिल

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा ट्रेडर्स पेट्रोल पम्प सिल भएको छ । ग्राहकलाई पेट्रोल बेच्दा तोकिएको परिमाणभन्दा कम दिएको आरोपमा उक्त पेट्रोल पम्प सिल गरिएको हो ।
शुक्रबार बिहान प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, गुणस्तर एवं नापतौल विभाग, नेपाल आयल निगम, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य विभाग, वाणिज्य आपूर्ती तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा उपभोक्तालाई तोकिएभन्दा कम परिमाण पेट्रोल बिक्री गरेको पाइएपछि सिल गरिएको हो।
यसअघि बिहीबार सोही आरोपमा अनुगमन टोलीले काठमाडौँको शान्तिनगरस्थित हरिसिद्धी पेट्रोल पम्प सिल गरेको थियो।
सरकारले काठमाडौँ उपत्यकामा अहिले पेट्रोल पम्प अनुगमन अभियान नै चलाएको छ।
मिटर बिगारेर मूल्यभन्दा कम पेट्रोल दिने गरेको पाइएपछि पेट्रोल पम्प सिल गर्ने गरिएको अनुगमन टोलीले जनाएको छ।
















दाङकाे सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु
काभ्रेमा दलित उम्मेदवार छैनन्
झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन
के तपाइकाे परिवारमा कसैकाे शरिर काँप्छ ? यी हुन् शरीर काप्ने १० कारण
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
आज कति छ सुनको भाउ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
आजदेखि चलचित्र ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शनमा
प्रतिक्रिया