ईङल्याण्डमाथि दक्षिण अफ्रिकाको फराकिलो जित

काठमाडौँ । दक्षिण अफ्रिकाले ईङल्याण्डलाई पराजित गरेको छ । शनिबार सम्पन्न जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले ईङल्याण्डलाई २२९ रनले पराजित गरेको हो ।
दक्षिण अफ्रिकाले दिएको ४०० रनको लक्ष्य पछाएको ईङल्याण्ड २२ ओभरमा १७० रन बनाएर अल आउट भएपछि दक्षिण अफ्रिका २२९ रनले विजयी भएको हो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाउँदै ३९९ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि हेइनरिच क्लासेनले ६७ बलमा १०९ रनको शतकीय पारी खेलेका थिए । त्यसैगरी रीजा हेनड्रिक्सले ८५, रास्सी भान डेर दुसेनले ६०, एडन माक्रमले ४२ र मार्को जानसेनले अविजित ४२ बलमा ७५ रन बनाएका थिए ।
यो जितपछि दक्षिण अफ्रिकाको ४ खेलमा जित र एक हारसहित ६ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा छ । त्यसैगरी ईङल्याण्डले भने ४ खेलमा तेस्रो हार बेहोरेको छ ।
अब दक्षिण अफ्रिकाले आगामी मंगलबार बंगलादेशसँग खेल्ने तालिका छ भने ईङल्याण्डले विहिबार श्रीलंकासँग खेल्ने तालिका रहेको छ ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया