मंगलबार, पुष ८, २०८२

हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानी मन्दिर खुल्दै

मेरोन्यूज २०८० कार्तिक ६ गते ८:५८

काठमाडौं। हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज खुल्ने भएको छ । वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने मन्दिर आज खोलिने भएको हो ।

मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलि दिइएको छ ।

प्रतिक्रिया