क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता बास्तोला ८ दिनदेखि प्रहरी हिरासतमा

काठमाडौं। नेकपा (क्रान्तिकारी कम्युनिष्ट पार्टी) का प्रवक्ता धर्मेन्द्र बास्तोला आठ दिनदेखि प्रहरी हिरासतमा रहेका छन् ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बास्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो।
पूर्वपश्चिम राजमार्गअन्तर्गत् कात्तिक २ गते दाङको राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बास्तोलाले चलाएको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
उक्त दुर्घटना घाइते भएका चौधरीलाई प्रहरी नायब निरीक्षक डिएसपी जीवन केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार गरी स्वास्थ्य चौकी सिसहनियाँमा पुर्याएको भए पनि त्यसको केहीबेरमै राति १० बजेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनालगत्तै प्रहरीले नेता बास्तोलालाई घटनास्थल नजिकै इलाका प्रहरी कार्यालय भालुवाङको हिरासतमा लगेकाे थियाे ।
दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले दसैं बिदाका कारण कात्तिक १२ गते मात्रै कार्यालय खुल्ने र त्यसपछि मात्रै अदालती प्रक्रियाको काम सुरू हुने हुँदा नेता बास्तोलाले अझै केही दिन प्रहरी हिरासतमा बस्नुपर्ने अवस्था रहेको बताएका छन्।
















आइसीसी टि–२० विश्वकप : भारतको विजयी सुरुवात
टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया