आइतबार, माघ २५, २०८२

राजालाई गाली गरेर सत्तामा टिकिरहन्छु भन्ने भ्रम नपाल्नुस् : राजेन्द्र लिङ्देन

मेरोन्यूज २०८० कार्तिक ९ गते १८:५६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजालाई गाली गरेर सत्तामा टिकिरहन्छु भन्ने भ्रम नपाल्न आग्रह गरेका छन् ।

प्रवासी नेपाली एकता समाज (पानस) अधिवेशनका लागि अमेरिका जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कुरा गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष लिङ्देनले टीकाको दिन शीतल निवास र निर्मल निवासको भिडको तुलना गर्दै निर्मल निवासको लामले गणतन्त्रप्रतिको जनताको निराशाको वास्तविकतालाई देखाएको बताए ।

‘देशको अहिलेको बिग्रँदो अवस्थाप्रति चिन्ता व्यक्त गर्ने राजालाई गाली गर्नुको बदला अहिलेको परिवर्तन ल्याएँ, परिवर्तनको संवाहक हुँ भन्ने दलहरूले राम्रो गरेर देखाउनुपर्छ, राजालाई गाली गरेर अब पनि सत्तामा टिकिरहन्छ भन्ने दिन गयो’उनले भने ।

प्रतिक्रिया