माछापुच्छ्रेको पदमार्ग व्यवस्थापन गर्न पर्यटन शुल्क

अन्नपूर्ण (कास्की) । कास्कीको माछापुच्छ्रे गाउँपालिकाभित्रका पदमार्गमा जाने पर्यटकले शुल्क तिर्नुपर्ने भएको छ । माछापुच्छ्रे गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण र व्यवस्थापनका लागि पर्यटकसँग शुल्क लिने निर्णय गरेको हो । गाउँसभाको निर्णयअनुसार आन्तरिक र बाह्य पर्यटकका लागि छुट्टाछुट्टै शुल्क लिइने प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए ।
गाउँपालिकाले आज सूचना प्रकाशित गरी यस विषयमा जानकारी गराएको हो । सूचना अनुसार पालिकाभित्रको पदमार्गमा जाने विदेशी पर्यटकले पाँच सय र नेपाली पर्यटकले एक सय रुपैयाँ तिर्नुपर्ने छ । गाउँपालिकाले पर्यटकीय पदमार्गमा सामान्य पूर्वाधार निर्माण, सूचना केन्द्र स्थापना, सोलार बत्ती जडान, फोहरमैला व्यवस्थापन लगायतका सुविधा निर्माण तथा व्यवस्थापन गर्न पर्यटन सेवा शुल्क लिने गरिएको उनले बताए।
स्थानीय तहको अधिकार सूचीअनुसार पालिकाको आर्थिक ऐन २०८० को अनुसूची ६ दफा ७ अनुसार शुल्क तोकिएको माछापुच्छे« गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरुङले जानकारी दिए।
यसरी शुल्क तोक्दा ट्रेकिङ गर्ने पर्यटकको अभिलेख रहने भएकाले आगामी योजना बनाउन सहज हुने उनको भनाइ थियो । “हाम्रोमा अहिले चारवटा ट्रेकिङ रुट छन् । त्यहाँ वर्षमा कतिजना जान्छन् कसैलाई थाहा छैन । यसले यहाँको अभिलेखीकरणमा सहयोग मिल्छ,” वडाध्यक्ष गुरुङले भने, “हामीले नियमसङ्गत शुल्क उठाउने निर्णय गरेका हौँ । यसबाट उठेको रकम पदमार्गमा खर्च हुन्छ । हामीले यहाँ सूचना केन्द्र बनाउने तयारी गरेका छौँ । यसले दुर्घटना हुँदा उद्धारमा पनि सघाउँछ ।”
तोकिएको शुल्क एक हप्ताभित्रमा लागू हुने वडाध्यक्ष गुरुङले बताए । वडाध्यक्ष गुरुङले भने, “अहिले आन्तरिक तयारी गरिरहेका छौँ । अबको एक हप्ताभित्र शुल्क लिन्छौँ ।” माछापुच्छ्रे गाउँपालिकामा मर्दी हिमाल ट्रेकिङ रुट, माछापुच्छ्रे मोडेल ट्रेक, ग्रेट माछापुच्छ्रे ट्रेल (खुमाईं–कोर्चों डाँडा), घलेखर्क ताराहिल ट्रेक सञ्चालनमा छन् ।
















माघ २५ गते बुधबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
आइसीसी टि–२० विश्वकप : भारतको विजयी सुरुवात
टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया