भारतीयलाई लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२७ ठमेलस्थित वाल्डो होटलमा कात्तिक ९ गतेदेखि बस्दै आएका २ जना भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित किङ्स अकबरे मम: रेष्टुरेन्टका संचालक नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २७ वर्षीय उमेश लामासमेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई ग्रिन टि सस्तोमा मिलाईदिन्छु भन्दै ६ जनाको समूहले होटल अगाडिबाट ट्याक्सीमा सोही महानगरपालिका-१६ माछापोखरीस्थित रोयल लाउन्ज एण्ड बारमा पुर्याई कुटपिट गरी पीडितसँग रहेको ४९ हजार नेपाली र ५० हजार भारतीय रूपैयाँ ट्रान्सफर गरी लुटपाट गरेको प्रहरीको भनाई छ ।
भारतीय लुटिएको खबरपछि प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई बालाजु चोकबाट बा.८६ प २१४२ नम्बरको मोटरसाइकल, नगद ५९ हजार ३ सय ५५ रूपैयाँ, मोवाईल ४ थान र एनटिसी तथा एनसिएलको १२ थान सिमकार्डसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया