लेक लागेका विदेशी पर्यटकको उद्धारमा समस्या

गोरखा । लेक लागेर बिरामी परेका दुई जना विदेशी पर्यटकको उद्धारमा समस्या भएको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६, रिप्चेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका विदेशी पर्यटकको उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।
लेक लागेर बिरामी पर्नेमा स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिह्यूल र अमेरिकी नागरिक इरिक कोनेल ओलरज रहेका छन् । उनीहरुको उद्धारका लागि आवश्यक सबै प्रक्रिया पूरा भए पनि हेलिकप्टर उडानमा समस्या परेपछि उद्धार गर्न कठिनाइ भएको उनले बताए ।
बिरामीको उद्धारका लागि आइतबार प्रयास गरिएको भए पनि असफल भएको थियो । प्रमुख जिल्ला अधिकारी भुसालले गृह मन्त्रालयले हेलिकप्टर उडानको अनुमति दिएको भए पनि मौसममा खराबीका कारण हेलिकप्टर उडाउन समस्या भएको हो ।
मन्त्रालयले अल्टिच्यूड एयरको हेलिकप्टर बिरामीको उद्धार गर्ने अनुमति दिएको उनको भनाइ छ । मौसममा सुधार आए आज दुवै जनाको उद्धार गरिने प्रजिअ भुसालले जानकारी दिए ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
प्रतिक्रिया