बिहीबार, वैशाख १०, २०८३

बन्द भयो रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा

मेरोन्यूज २०८० कार्तिक १३ गते २०:५२

काठमाडौँ । यसै वर्षको संविधान दिवसदेखि सञ्चालनमा आएको रत्नपार्क(सूर्यविनायक द्रुत बस सेवा दसैँपछि रोकिएको छ । सेवा सञ्चालनका क्रममा प्राविधिक र व्यवस्थापकीय पक्षमा समस्या देखिएपछि सेवा बन्द भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

Advertisement
NiccNicc

समस्याको हल गर्दै तिहार बिदा सकिएलगतै पुनःसञ्चालनमा ल्याउने तयारी लागेको मन्त्रालयले जनाएको छ ।

दसैँदेखि तिहारसम्म राजधानीका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताए । उनले भने, ‘तिहारको बिदा सकिएकै दिनदेखि पूर्ण क्षमतामा द्रुत बस सञ्चालन हुनेछ ।’

द्रुत बस सेवा रोकिएको नभएर अहिले २५ वटा मात्र सञ्चालन रहेकामा त्यो सङ्ख्या बढाएर लैजाने गरी तयारी थालिएको मन्त्री ज्वालाले बताए ।

सेवा सञ्चालनका क्रममा देखिएका समस्याहरु हल गर्ने गरी विभागका महानिर्देशकको नेतृत्वमा समिति पनि गठन गरेको मन्त्री ज्वालाले बताए ।

द्रुत बसको लेनमा अब डोरी लगाइने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताए । रत्नपार्क–सूर्यविनायक चल्ने सबै सार्वजनिक बसहरु द्रुत लेनमा गएपछि बाँकी सडक लेन पनि खुल्ला हुने महानिर्देशक रिजालले बताए ।

प्रतिक्रिया