आज घट्याे सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
मेरोन्यूज
२०८० कार्तिक १४ गते ११:४९

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १६ हजार ५ सय कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै मंगलबार तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँले घटेर आज एक लाख १५ हजार ४सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको भाउमा भने आज सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित

















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार
प्रतिक्रिया