रिगललाई आममाफीविरुद्धको रिटमा सर्वोच्चले बिहीबार निर्णय सुनाउने
मेरोन्यूज
२०८० कार्तिक १५ गते १६:३६

काठमाडौं । संविधान दिवशमा कैद सजाय मिनाहा पाएका योगराज ढकाल ‘रिगल’को मुद्दामा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ ।
कामू प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासले बिहीबार निर्णय सुनाउने आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्द घिमिरेले जानकाी दिए ।
बाँकेका रिगलको कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमाथि मंगलबार र बुधबार सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो ।
आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती शेर्पाले रिगलविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।
सम्बन्धित
















मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं
१९ अङ्कले घट्यो नेप्से, ९ अर्बको कारोबार
Film journalist Sitaula passes away
प्रतिनिधिसभा निर्वाचनः कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा
कांग्रेसमा अब कुनै गुट छैनः प्रदेश सभापति शर्मा
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया